सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ काराेबार?
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको गिरावटपछि आज सुन र चाँदी दुवैको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज एक तोला सुनको मोल रु दुई लाख ३७ हजार ८०० निर्धारण भएको छ । यो बुधबारको मूल्य (रु दुई लाख ३७ हजार २००) भन्दा रु ६ सय रुपैयाँले बढी हो ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला रु तीन हजार १० रुपैयाँमा कारोबार भइरहेको छ, जुन बुधबारको मूल्य भन्दा २० रुपैयाँले बढी हो ।
बजार विश्लेषकहरूले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव आइरहेकाले लगानीकर्ताहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । आगामी दिनहरूमा पनि मूल्यमा अस्थिरता र उतारचढाव जारी रहने उनीहरूको विश्लेषण छ ।
Facebook Comments