जेन–जी आन्दोलनमा खटिएका प्रहरीको आजबाट बयान लिइँदै

आयोगमा बुझाइयो प्रहरीकाे विवरण

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/police.jpg

काठमाडौं । गत भदौ महिनामा भएको जेन–जी प्रदर्शनको क्रममा काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थापनमा खटिएका प्रहरी कर्मचारीहरूको विवरण उच्चस्तरीय जाँचबुझ आयोगमा पठाइएको छ ।

आयोगको अनुसन्धान प्रक्रिया तीव्र बनाउँदै विवरण प्राप्त भएपछि आज (बिहीबार) बाटै फिल्डमा खटिएका प्रहरी कर्मचारीहरूको बयान लिने काम सुरु भएको छ ।

जाँचबुझ आयोगका सदस्य विज्ञानराज शर्माले जानकारी दिएअनुसार, उपत्यकामा परिचालित प्रहरीहरूको विवरण प्रहरी प्रधान कार्यालयले आयोगमा पठाएको हो ।

आयोगले आज सबैभन्दा पहिले भदौ २३ गते नयाँबानेश्वर र माइतीघर क्षेत्रमा सुरक्षामा खटिएका प्रहरीहरूको बयान लिने तयारी गरेको छ ।

यसअघि आयोगले जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे बुझ्न कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान समेत लिइसकेको छ ।

प्रहरी कर्मचारीहरूको बयानपछि आन्दोलन नियन्त्रण र सुरक्षा व्यवस्थापनमा भएको कमजोरी वा त्रुटिबारे आयोगले थप निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।


Facebook Comments