गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीको निवास अवलोकन
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पछिल्लो समय पूर्व र बहालवाला विशिष्ट व्यक्तित्वहरूको निवासको अवलोकन गर्ने कार्यलाई तीव्रता दिएका छन् । उनले आज बिहान पूर्वराष्ट्रपति विद्यादेवी को काठमाडौँस्थित चपलीमा रहेको घरको अवलोकन गरेका छन् ।
पूर्वराष्ट्रपति भण्डारीको उक्त घर गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा आगजनीमा परेको थियो । यसअघि गृहमन्त्री अर्यालले काठमाडौंको बोहोराटारस्थित बहालवाला राष्ट्रपति रामचन्द्र पौडेलको घरको अवस्था पनि बुझेका थिए ।
त्यसैगरी, उनले मङ्गलबार प्रथम राष्ट्रपति डा. रामवरण यादवको ललितपुरको बागडोलस्थित निवासमा पुगेर भेटवार्ता गर्नुका साथै निवासको अवस्थाबारे जानकारी लिएका थिए ।
गृहमन्त्रीको यो अवलोकन भ्रमणलाई आन्दोलनका क्रममा विशिष्ट व्यक्तिका निवासमा पुगेको क्षतिको विवरण संकलन गर्ने र सुरक्षा व्यवस्थापनमा समन्वय गर्ने प्रयासका रूपमा हेरिएको छ ।
Facebook Comments