सुदनले मागे गृहमन्त्रीको राजीनामा, चुनाव हुन नदिने धम्की
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
काठमाडौं । ‘हामी नेपाल’ अभियान तथा जेन–जी आन्दोलनका संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको तत्काल राजीनामा माग गरेका छन् ।
हत्यारा र भ्रष्टाचारीहरूलाई कारबाही गर्न नसकेको तर जेन–जी आन्दोलनकारीहरूलाई भने कारबाही गरेको भन्दै गुरुङले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीको राजीनामा मागेका हुन् ।
अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश भन्दै गुरुङले गृहमन्त्रीलाई शहीदको रगत, नेपाल र नेपालीको आशा तथा पद छोड्ने वाचा सम्झन आग्रह गरेका छन् ।
दुई महिना बितिसक्दा पनि कुनै हत्यारालाई पक्रन नसकेको उनको जिकिर छ । देशको हितका लागि लड्दा आफूले भ्रामक समाचारको अपमान र चरित्र हत्या सहेको तर गृहमन्त्रीबाट अब कुनै आशा बाँकी नरहेको उनले बताए ।
उनले भदौ २३ र २४ को आन्दोलन २०८४ को चुनाव २०८२ मा सार्नलाई नगरिएको स्पष्ट पारेका छन् । यदि नेपाली जनता र जेन–जीको माग सम्बोधन नभएमा आगामी चुनाव पनि हुन नदिने धम्की उनले दिएका छन् ।
Facebook Comments