विप्लव नेतृत्वको नेकपाद्वारा काठमाडौंमा बृहत् प्रदर्शन

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/biplap.jpg

काठमाडौं । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले वर्तमान राजनीतिक अवस्था र जेन–जी आन्दोलनपछि विकसित घटनाक्रमहरूप्रति आफ्नो धारणा सार्वजनिक गर्न आज काठमाडौँमा र्यालीसहित बृहत् प्रदर्शन गरेको छ ।

नेकपाले प्रदर्शनको मुख्य एजेन्डाका रूपमा ’सर्वपक्षीय अन्तरिम सरकार’ गठनको माग अगाडि सारेको छ । पार्टीले आफ्ना माग र राजनीतिक एजेन्डालाई आम जनतामाझ सशक्त रूपमा पुर्याउने उद्देश्यका साथ यो सभा आयोजना गरेको बताएको छ ।

काठमाडौँका विभिन्न स्थानबाट सुरु भएको र्याली अन्तिममा भृकुटीमण्डपमा पुगेर विशाल सभामा परिणत भएको छ । उक्त सभालाई पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ ले सम्बोधन गर्दैछन् ।


Facebook Comments