बाबुरामले जेन–जीलाई भने– राजनीतिमा अदृश्य कुरा धेरै हुन्छन्, ख्याल गर्नू

राजनीतिमा जोस हैन, वास्तविकता बुझ्नुपर्छ

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/baburam-fzhjpsf9mz.jpg

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले जेन–जी आन्दोलनका अगुवाहरूलाई राजनीतिमा प्रवेश गर्दा धेरै सावधानी अपनाउन सुझाव दिएका छन् । राजनीतिक संवाद समितिले बानेश्वरमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यो सुझाव दिएका हुन् ।

‘राजनीतिमा ख्याल गर्नू। सबै दृश्य मात्र हुँदैन। अदृश्य पनि धेरै कुरा हुन्छ। अहिले जोसमा सबै गर्दिन्छौं जस्तो लाग्छ, तर वास्तविकतामा सोचेजस्तो हुँदैन,’ भट्टराईले भने । उनले ’हात्तीसँग लड्नुपर्दा गाह्रो हुन्छ’ भन्दै युवा अगुवाहरूलाई यथार्थ बुझ्न आग्रह गरे ।

उनले २०७२ को संविधानलाई ’आधा गिलास भरी, आधा खाली’ भन्दै सुरुदेखि नै आफूले अपूर्णता औँल्याएको स्मरण गरे । उनका अनुसार, अहिले संघीयता लगायतका कुरा फ्याँक्ने हैन, बरु त्यसलाई पूर्ण बनाउन लाग्नुपर्छ ।

भट्टराईले विगत १० वर्षदेखि आफू वैकल्पिक शक्तिका लागि लडिरहेको र अहिले जेन–जीको रूपमा थपिएको ताकतमा आफ्नो पूर्ण साथ रहेको घोषणा गरे ।

उनले आधा खाली रहेको संविधानकै कारण देशमा सुशासन र तीव्र आर्थिक वृद्धि हुन नसकेको भन्दै अब यसमा सुधार ल्याउन जेन–जीले बुझ्नु आवश्यक रहेको बताए ।


Facebook Comments