राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता
मेयरसाप डेस्क
|
४ घण्टा अगाडि
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फिर्ता भएका छन् ।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल गत सोमबार दोहा पुगेका थिए । उनले मङ्गलबार सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गरेका थिए ।
सो क्रममा उनले गरिबी निवारण, मर्यादित काम र सामाजिक समावेशीकरणलगायतका विषयमा भएको उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए । सोही दिन राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
नेपाल हाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष रहेको छ । दोहा सम्मेलनमा विकासको असमानता, जनसङ्ख्या असन्तुलन र प्रविधिको सामाजिक प्रभावजस्ता वर्तमान विश्वका चुनौतीहरूबारे छलफल भएको थियो ।
राष्ट्रपति पौडेललाई आज हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलसहित उच्च अधिकारीहरूले बिदाइ गरेका थिए । उनको साथमा प्रथम महिला सबिता पौडेलसमेत थिए ।
Facebook Comments