गृहमन्त्री अर्याल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/bidhyadevi-bhandari-and-omprakash-aryal.png

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आज (बिहीबार) पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग उनको भंगालस्थित निवासमा पुगेर भेटवार्ता गरेका छन् ।

गृहमन्त्रीको सचिवालयका अनुसार, भेटका क्रममा गृहमन्त्री अर्याल र पूर्वराष्ट्रपति भण्डारीबीच पछिल्लो राजनीतिक घटनाक्रम, समसामयिक विषय तथा आगामी प्रतिनिधिसभाको निर्वाचन लगायतका विषयमा छलफल भएको थियो ।

भेटवार्ताकै क्रममा गृहमन्त्री अर्यालले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको पूर्वराष्ट्रपति भण्डारीको निवासको पनि निरीक्षण गरेका थिए ।

यसअघि गृहमन्त्री अर्यालले प्रथम राष्ट्रपति डा. रामवरण यादवसँग पनि भेटवार्ता गरेका थिए ।


Facebook Comments