नेप्से परिसूचक ११ अंकले घट्यो, ५ अर्बमाथि कारोबार
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाली सेयर बजारको परिसूचक नेप्से ११.२९ अंकले घटेर २५९६ अंकमा झरेको छ ।
बजार घटे पनि कारोबार रकममा भने वृद्धि देखिएको छ । अघिल्लो दिन रु ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज रु ५ अर्ब ४१ करोडको सेयर किनबेच भएको छ ।
आज कूल १६५ कम्पनीको मूल्य घट्यो भने ७७ कम्पनीको मात्र बढ्न सक्यो । उत्पादन तथा प्रशोधन समूहबाहेक सबै समूहका सूचकहरू राताम्मे रहे ।
हालै सूचीकृत भएका दरामखोला हाइड्रोपावर रु ४४२.४० र माबिलुङ इनर्जी रु ४२२.७० को मूल्यमा १० प्रतिशतले वृद्धि (सर्किट) भयो । यस्तै, उपकार, उन्नति सहकार्य र मानुषी लघुवित्तको मूल्य पनि ८ प्रतिशतभन्दा बढीले बढ्यो ।
सम्पदा लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । पिपुल्स पावर र मोदी इनर्जीको मूल्यमा पनि गिरावट आयो ।
रकमका आधारमा शिवम् सिमेन्ट, राधि विद्युत्, हिमालयन डिस्टिलरी, एनआरएन इन्फ्रास्ट्रक्चर र युनियन हाइड्रोपावर धेरै कारोबार भएका शीर्ष पाँच कम्पनी बने ।
Facebook Comments