बालेन शाहविरुद्ध युवा संघले दियो साइबर ब्युरोमा उजुरी

राजनीतिक दलहरूको अपमान गरेको आरोप

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/ujuri-yuwa-sang.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमा लेखेको विवादास्पद स्टाटसलाई लिएर नेकपा (एमाले) निकट युवा संघले साइबर ब्युरोमा उजुरी दिएको छ ।

युवा संघका नेताहरू आज (बिहीबार) साइबर ब्युरो पुगेर मेयर शाहविरुद्ध उजुरी दिएका हुन् । उजुरीमा मेयर शाहले कात्तिक १६ गते मध्यराति लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन र अपमान गरेको जिकिर गरिएको छ । मेयर शाहले आपत्तिजनक शब्दसहितको उक्त स्टाटस केही बेरमै आफ्नो सामाजिक सञ्जाल पेजबाट भने हटाएका थिए ।

साइबर ब्युरो स्रोतका अनुसार, मेयर शाहविरुद्ध उजुरी प्राप्त भएको छ र हाल यो दर्ताको प्रक्रियामा रहेको छ । साइबर ब्युरोका एक अधिकारीले उजुरी दर्ता प्रक्रिया पूरा भएपछि आवश्यक अनुसन्धान अगाडि बढ्ने जानकारी दिएका छन् ।


Facebook Comments