फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/soon.jpg

काठमाडौं । स्थानीय नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला रु. ६०० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. २ लाख ३८ हजार ४०० कायम भएको छ । बिहीबार सोही सुन रु. २ लाख ३७ हजार ८०० मा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको भाउ पनि बढेको छ । बिहीबार प्रतितोला रु. ३ हजार १० रहेको चाँदीको मूल्य आज रु. १० ले बढेर प्रतितोला रु. ३ हजार २० कायम भएको छ ।


Facebook Comments