माधवलाई झाँक्रीले भनिन्– ‘आफ्नै बेइज्जत हुने गरेर कारबाही नगर्दा हुन्थ्यो’

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/ramkumari-jhakri.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी पूर्व नेतृ रामकुमारी झाँक्रीले हालै १० वाम घटकको एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले गरेको कारबाहीको कुनै अर्थ नभएको भन्दै आलोचना गरेकी छन् ।

झाँक्रीले सामाजिक सञ्जालमार्फत नेता नेपाललाई सम्बोधन गर्दै भनेकी छन्, ‘आफ्नै बेइज्जत हुने कारबाही त नगरेको भए पनि हुने कमरेड? केही अर्थ छ र कारबाहीको?’

गत कात्तिक १९ गते १० वाम घटकबीच एकता घोषणा भएसँगै सो एकतामा सहभागी नहुने निर्णय गरेका झाँक्रीसहित ६ जना नेता कारबाहीमा परेका थिए ।

झाँक्रीले नेपालले पार्टी प्रमुख र नियन्त्रणकर्ताको रूपमा लामो समय काम गरेको स्मरण गराउँदै भनिन्, ‘यो अन्तिम घटनाले तपाईंको इतिहासलाई फेरि बल्झायो । बिर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए ।’


Facebook Comments