जबरजस्ती करणी अभियोगमा २४ वर्षीय युवक पक्राउ
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
इलाम । इलामको चुलाचुली गाउँपालिका–३, मिलन चोक बस्ने २४ वर्षीय बिजु सम्बाहाम्फे पक्राउ परेका छन् ।
१८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको छ ।
पीडित किशोरीले दिएको उजुरीका आधारमा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले आरोपित सम्बाहाम्फेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कानुनअनुसार थप आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
Facebook Comments