एलन मस्क विश्वकै पहिलो खर्बपति बन्ने बाटोमा
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
काठमाडौं । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कको लागि ऐतिहासिक स्टक–आधारित तलब प्याकेजलाई अनुमोदन गरेका छन् ।
बिहीबार सम्पन्न वार्षिक सेयरधनी बैठकमा करिब ७५ प्रतिशतभन्दा बढी सेयरधनीले यसको समर्थनमा मतदान गरेका हुन् । मस्कले मासिक तलब वा बोनस नलिई कम्पनीका सेयर विकल्पहरू मार्फत आम्दानी गर्छन् ।
नयाँ स्वीकृत योजनाअनुसार टेस्लाले आगामी दशकमा ८५ खर्ब अमेरिकी डलरको बजार मूल्य हासिल गरेमा मस्कलाई ४२ करोड ३७ लाख टेस्ला सेयरहरू प्राप्त हुनेछन्, जसको मूल्य करिब १० खर्ब अमेरिकी डलर बराबर हुनेछ ।
यो तलब प्याकेज कार्यान्वयन भएमा मस्कको दैनिक औसत आय करिब २७ करोड ५० लाख अमेरिकी डलर पुग्नेछ र यसलाई इतिहासकै सबैभन्दा ठूलो कार्यकारी तलब सम्झौता मानिनेछ ।
बोर्डले यो योजना अस्वीकृत भएमा मस्क कम्पनीबाट टाढा जान सक्ने चेतावनी दिएको थियो, किनकि मस्कले नियन्त्रण र प्रोत्साहनबिना सिइओको रूपमा निरन्तर रहनेबारे चिन्ता व्यक्त गरेका थिए ।
यो ऐतिहासिक स्वीकृति आए पनि टेस्लाले सन् २०२५ मा विद्युतीय सवारीको सुस्त बजार माग र प्रतिस्पर्धाका कारण बिक्री तथा नाफामा गिरावटको चुनौतीपूर्ण वर्ष सामना गरिरहेको छ ।
विश्लेषकहरूले यो प्याकेजले मस्कलाई दीर्घकालीन रूपमा टेस्लासँग बाँधिराख्ने अपेक्षा गरे पनि कम्पनीको भविष्य बजारको प्रवृत्ति र नवप्रवर्तनमा निर्भर रहने बताएका छन् ।
Facebook Comments