निकोसल भुसालको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/sarbocha.jpg

काठमाडौं। निकोलस भुसालको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

भड्काउपूर्ण अभिव्यक्तिपछि पक्राउ परेका भुसालको रिटमा शुक्रबार सुनिल कुमार पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गरेको हो । 

भुसालले कात्तिक १६ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । त्यस्तै उनले ‘क्षेप्यास्त्र आक्रमण गर्ने’ चेतावनी समेत दिएपछि हिंसा भड्काउ अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

 


Facebook Comments