घनश्याम भुसाल बने एकीकृत समाजवादीको संयोजक

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/ghanashyam.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पुनर्गठन पक्षधरले घनश्याम भुसाललाई संयोजक तोकेको छ । यसअघि भूसाल महासचिवको जिम्मेवारीमा थिए । शनिबार राति ६७ जना केन्द्रीय सदस्यको भर्चुअल बैठकले पार्टी पुनर्गठन गर्दै उनलाई संयोजक तोकेको  एक नेताले बताए ।

बैठकले मंसिर पहिलो हप्ता राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ । पार्टीको नाम, झण्डा र चुनाव चिह्न यथावत राख्ने भएको छ ।  यद्यपि कानूनी र संसदीय व्यवस्थाका विषयलाई अध्ययन गर्दै आवश्यकताका आधारमा अगाडि बढ्ने निर्णय बैठकले गरेको छ ।

अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहितको टोलीले नेकपा माओवादी केन्द्रसँग एकता गरे पनि महासचिव भूसालले एकतामा विमति जनाएका थिए ।
 


Facebook Comments