अफताब आलमको नि*धनमा रौतहटको २ नगरपालिकाले दियो शोक बिदा

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/aftaf-alam.jpg

रौतहट । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मो.अफताब आलमको निधनमा रौतहटको दुइवटा नगरपालिकामा शोक बिदा दिइएको छ । राजपुर नगरपालिका र ईशनाथ नगरपालिकाले आज (आइतबार) शोक बिदा दिएको हो ।

नगरपालिकाको कार्यालय तथा मातहतका कार्यालयमा आइतबार शोक बिदा दिइएको ईशनाथ नगरपालिकाका सूचना अधिकारी इसराजुल खाँले जानकारी दिए । नगर प्रमुखको आदेश अनुसार शोक बिदा दिइएको उनले बताए ।

यसैगरी राजपुर नगरपालिकाले शनिबार सार्वजनिक सूचना जारी गर्दै आलमको निधनमा शोक बिदा दिएको जानकारी गराएको हो । यस नगरपालिकाका मेयर डा.मो.रजीक आलम अफताब आलमका कान्छा छोरा हुन् । पूर्वमन्त्री आलमको शनिबार काठमाडौंको के।एम।सी। अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।  


Facebook Comments