हेटौंडामा बसको ठ*क्करबाट पैदल यात्रुको मृ*त्यु, चालक पक्राउ
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–९ माष्टरचोकमा आज बिहान बसले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ। जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २६५६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको हो।
मृतक रुपन्देहीको देवदह नगरपालिका–८ निवासी ३७ वर्षीय रामबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। उनका अनुसार बसले माष्टरचोक नजिकै बाटो क्रस गर्दै गरेका बोहरालाई ठक्कर दिएको थियो। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
Facebook Comments