के गर्दैछौं भन्न मिल्दैन, शुद्ध चित्तले कर्म गरिरहेका छौं : गृहमन्त्री अर्याल
जेन–जी अगुवाको प्रश्नपछि गृहमन्त्रीको जवाफ
मेयरसाप डेस्क
|
एक घण्टा अगाडि
काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले आफ्नो मन्त्रालयको कार्यशैलीमाथि प्रश्न उठिरहेका बेला ’शुद्ध चित्तले कर्म गरिरहेको’ बताएका छन् ।
जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएपछि अर्यालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
अर्यालले गृह मन्त्रालयलाई हरेक हिसाबले संवेदनशील मन्त्रालय भन्दै कतिपय विषयमा ‘के गर्दैछौं त भन्न मिल्दैन, के गर्यौं’ समेत भन्न नमिल्ने अवस्था हुने स्पष्टीकरण दिए ।
उनले यस्तो अवस्थामा ’शुद्ध चित्तले कर्म गरिरहने बाहेक अरू विकल्प नभएको’ उल्लेख गरे । साथै, उनले पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनमार्फत् निकासमा डोर्याउने सरकारको अभिभारा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Facebook Comments