सुकुम्वासीलाई प्रसाईंले भने– बस्ती भत्काउन आए बालेनको श्रीमतीलाई लछारपछार गर्नुस्
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
काठमाडौं । मातृभूमि बचाउ अभियानका प्रमुख तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाको सुकुम्वासी बस्ती हटाउने प्रयासको कडा प्रतिवाद गर्ने घोषणा गरेका छन् ।
आइतबार बिहान मनोहरा सुकुम्वासी बस्तीमा आयोजित कोणसभामा बोल्दै प्रसाईंले मेयर बालेन शाह र नगर प्रहरी प्रमुख राजु पाण्डेविरुद्ध लड्न सुकुम्वासीहरूलाई सहयोग गर्ने बताएका हुन् ।
प्रसाईंले सुकुम्वासीहरूलाई उत्तेजित पार्दै भने, ‘तपाईंहरूकोमा भत्काउन आयो भने तपाईंहरू हुरुरु उसको (बालेनको) घरतिर जानुस् । श्रीमतीलाई बाहिर निकाल्नुस् । तपाईंहरूको बच्चालाई निकाल्छ भने उसको बच्चामात्रै बच्चा हो? उसको पनि भत्काउने हो ।’
उनले सरकारी जमिन बालेनको वा राजु पाण्डेको बाउको नभएको दाबी गर्दै जसले लछारपछार गर्छ उसको स्वास्नीलाई पनि लछारपछार गर्नुस् भन्दै विवादास्पद अभिव्यक्ति दिए ।
महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज (आइतबार) सकिँदैछ, जसपछि बस्ती खाली गराउने महानगरको योजना छ । प्रसाईंले सम्पूर्ण दल र बालेनलाई ठेगान लगाउने चेतावनी दिँदै सुकुम्वासीलाई पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिए ।
साथै प्रसाईंले बालेनसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन २ करोड रुपैयाँ खाएको आरोपसमेत लगाए ।
Facebook Comments