प्रहरीमाथि आ*क्रमण र हति*यार लुटपाटमा संलग्न जेन–जी प्रदर्शनकारी धरौटीमा रिहा
प्रहरीलाई बागमतीमा हाम फाल्न लगाएको स्वीकार
मेयरसाप डेस्क
|
एक घण्टा अगाडि
काठमाडौं । भदौ २४ गतेको जेन–जी प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण गरी हतियार लुटपाटमा संलग्न चार जना आरोपीहरूलाई काठमाडौं जिल्ला अदालतले धरौटी र सामान्य तारेखमा छाड्न आदेश दिएको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले तीन जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा रिहा गर्न आदेश दिएको हो ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार, दोलखाका ४८ वर्षीय गौतम घिसिङलाई दुई लाख धरौटी, सिन्धुपाल्चोकका धिरज थापा लाई एक लाख धरौटी र पाल्पाका विवेक बस्नेतलाई ५० हजार धरौटीमा छाड्न आदेश भएको छ । नवीन राईलाई भने साधारण तारेखमा रिहा गर्न आदेश दिइएको छ ।
मुख्य आरोपी घिसिङले बयानका क्रममा भीएस निकेतन कलेजको पाँचौँ तलामा पुगेका प्रहरीलाई तल ओरालेर पोसाक खोल्न लगाई बागमतीमा हाम फाल्न लगाएको र ढुङ्गामुढा प्रहार गरी कुटपिट गरेको स्वीकार गरेका थिए । घिसिङ यसअघि नै बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त समेत रहेको खुलेको छ ।
Facebook Comments