मनाङमा बेपत्ता बाबु-छोरीको शव हिउँले पुरिएको अवस्थामा फेला
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
मनाङ । मनाङमा कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिकको शव आइतबार दिउँसो फेला परेको छ । सशस्त्र प्रहरी बलको माउण्टेन रेस्क्यु टोलीले खोजीका क्रममा उनीहरूको शव हिउँले पुरिएको अवस्थामा फेला पारेको हो ।
मृतकहरू ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाइ पटेल र उनकी १७ वर्षीया छोरी प्रियन्सा कुमारी पटेल हुन् । उनीहरू कात्तिक ३ गते मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न गएका थिए ।
सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, उनीहरूको शव मलेरिपा गुम्बाबाट करिब १०० मिटर माथि हिउँले पुरिएको अवस्थामा भेटिएको थियो ।
लामो समयसम्म सम्पर्क नभएपछि सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट डीएसपी हिरा बहादुर जिसीको कमाण्डमा खटिएको विशेष तालिमप्राप्त टोलीले शव फेला पारेको हो ।
Facebook Comments