एमालेबाट निष्कासित भीम रावल नेकपामा समाहित हुने

एमालेको आह्वान अस्वीकार

User Image मेयरसाप डेस्क | १८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/bhim-jee.jpg

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेपछि ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्दै आएका नेता भीम रावल आगामी बुधबार नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् ।

एमालेले आफ्ना पुराना नेताहरूलाई फर्कन आह्वान गरे पनि रावलले भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रोजेका हुन् । रावल वृहत् पार्टी समायोजन कार्यक्रममार्फत काठमाडौंको राष्ट्रिय सभा गृहमा औपचारिक रूपमा नेकपामा प्रवेश गर्दै छन् ।

समायोजन कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

आइतबार नेकपाका नेताहरूसँग रावलले गरेको वार्ता सकारात्मक बनेपछि समायोजनको प्रक्रिया अघि बढेको हो । रावलको यो कदमलाई नेपाली कम्युनिस्ट राजनीतिमा अर्को महत्त्वपूर्ण ध्रुवीकरणको प्रयासको रूपमा हेरिएको छ ।


Facebook Comments