५ अंकले घट्यो नेप्से , ४ अर्ब ५१ करोडकाे कारोबार

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २४ गते १४:४२
Image of https://mayorsap.com/storage/photos/shares/nep.png

काठमाडौं । सेयर बजारमा सोमबार कारोबार रकमसँगै परिसूचक नेप्से पनि घटेको छ । अघिल्लो दिन ३० अंकले घटेको नेप्से परिसूचक आज ५.८० अंक घटेर २५६० अंकमा कायम भएको छ । आज कारोबार रकम पनि घटेको छ । आइतबार ४ अर्ब ९० करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब ५१ करोडमा सीमित भयो ।

कारोबारको सुरुवाती चरणमा नेप्से अधिकतम २५७६ अंकसम्म पुगेको थियो, तर त्यसपछि ओरालो लागेर न्यूनतम २५४४ अंकसम्म झरेको बजार दिउँसो साढे १ बजेपछि मात्रै केही सम्हालिएको थियो ।

बजारमा ९१ कम्पनीको मूल्य बढ्दा १५१ कम्पनीको घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो । होटल तथा पर्यटन समूह सर्वाधिक १.६४ प्रतिशतले बढ्दा व्यापार र लगानी समूह पनि सामान्य बढे । यीबाहेक बैंकिङ, विकास बैंक, फाइनान्स, हाइड्रोपावर, बीमा (जीवन र निर्जीवन) लगायत सबैजसो समूहका सूचक घटे ।

आज दरामखोला हाइड्रो इनर्जी, सागर डिस्टिलरी, माबिलुङ इनर्जी र सिटी होटल लगायत पाँच कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो । यता, उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशतले घट्दा रुरु जलविद्युत, धौलागिरी लघुवित्त र उपकार लघुवित्तको मूल्य पनि उल्लेख्य रूपमा घट्यो । 


Facebook Comments