मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसद सर्वोच्चमा

प्रदेश प्रमुख पदमुक्त भएपछि अर्को विवाद

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २५ गते ०१:३९
Image of https://mayorsap.com/storage/photos/shares/madhesh-pradesh-party-1024x624.jpg

काठमाडाैं । मधेश प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएको विषयलाई लिएर सत्तारूढ र अन्य विपक्षी दलहरूले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् ।

नेपाली कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र र लोसपासहितका दलहरूले मधेश प्रदेशका ७४ प्रदेश सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालत पुगेका हुन् । उनीहरूलाई पूर्व मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले सहयोग गरिरहेका छन् ।

रिट निवेदनमा कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपाका सरोजकुमार यादव, माओवादीका युवराज भट्टराई र लोसपाका जयलुन राइन लगायतका नेताहरू छन् । 

दलहरूलाई छलेर प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा एमालेका नेता यादवलाई आइतबार मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

यस विषयमा विवाद उत्पन्न भएपछि सोमबार बिहान महोत्तरीको बर्दिबासस्थित पानस होटेलमा बिरामीको बहाना बनाई नवनियुक्त मुख्यमन्त्रीलाई शपथ ग्रहण गराइएको थियो ।

यसै विवादका बीच, राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरिसकेका छन् ।


Facebook Comments