प्रतितोला ४ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २५ गते २१:५८
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुनको मूल्य प्रतितोला ४ हजार ९ सय रुपैयाँले बढेर कारोबार भएको छ ।
आज सुन प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार पनि सुनको मूल्य २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
स्थानीय बजारमा चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय ५ रुपैयाँले वृद्धि भएर चाँदी ३ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ बढ्दो क्रममा छ । मंगलबार सुन प्रतिऔंस ४ हजार १ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Facebook Comments