मधेश प्रदेशको विवादित सरकारमा मन्त्री बनेकी सांसद साहलाई राप्रपाले सोध्यो स्पष्टीकरण

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २५ गते ००:१५
Image of https://mayorsap.com/storage/photos/shares/mantri.PNG

काठमाडौं । मधेस प्रदेशको सरोजकुमार यादव नेतृत्वको विवादित सरकारमा मन्त्री बनेकी सांसद कञ्चन बिच्छा साहलाई राप्रपाले स्पष्टीकरण सोधेको छ । पार्टी र पार्टीका नेतृत्वसँग कुनै छलफल र परामर्श नगरी एमाले नेतृत्वको सरकारमा समावेश भएको भन्दै राप्रपाको केन्द्रीय अनुशासन आयोगले मंगलबार साहलाई स्पष्टीकरण सोधेको हो। 

अनुशासन समितिका सदस्य भक्ति प्रसाद सिटौलाले साहलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरण पत्रमा भनिएको छ, ‘यस सम्बन्धमा तपाईंलाई राप्रपाको विधान बमोजिम किन कार्बाही र सजाय गर्न नपर्ने हो ? नपर्ने भए प्रमाणसहित २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न अनुशासन समितिको निर्णयअनुसार अनुरोध गरिन्छ ।’

यसअघि सोमबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । 


Facebook Comments