सामुन्द्रीक झिँगा उत्पादनमा कृषकको आकर्षण बढ्दो, प्रतिकेजी ८ अमेरिकी डलरमा बिक्री
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २७ गते २१:५९
एजेन्सी । दक्षिण चीनको ग्वाङडोङ प्रान्तमा नीलो लोबस्टर (सामुन्द्रीक झिँगा) को उत्पादन राम्रो भएको छ ।
सेप्टेम्बरदेखि नोभेम्बरसम्म यसको उत्पादन हुने भएकाले यस वर्ष किसानहरूले प्रतिदिन सयौं किलो लोबस्टर निकालिरहेका छन्।
पोखरीबाट निकालिएका ताजा लोबस्टरलाई व्यापारीहरूले देशभरका रेस्टुरेन्टहरू र थोक बजारहरूमा बेच्नको लागि लैजाने गर्छन् ।
एक किसानका अनुसार यस वर्ष लोबस्टरको मूल्य गत वर्षको तुलनामा बढेको छ । प्रतिकिलो लगभग आठ अमेरिकी डलरमा बिक्री भइरहेको किसान बताउँछन् । व्यापारी चेन गुओरोङले भने, ‘सेप्टेम्बरदेखि अक्टोबरसम्म हुबेई र जियाङ्सु प्रान्तमा उत्पादन घटेको छ । तर यस वर्ष बिक्री गत वर्षको तुलनामा ३० देखि ४० प्रतिशतले बढेको छ।’
नीलो लोबस्टर प्रोटिनका लागि उपयुक्त मानिन्छ ।
Facebook Comments