साँगुरीगढी गाउँपालिका– १ का वडाध्यक्षले कार्यकक्षमै कुटे योजना अधिकृत
वडाध्यक्षलाई कडा कारबाही गर्न कर्मचारीहरूको माग
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
काठमाडौं । धनकुटाको साँगुरीगढी गाउँपालिका– १ का वडाध्यक्ष गोबिन्द लिम्बुले योजना अधिकृतलाई कार्यकक्षमै कुटपिट गरेका छन् । बुधवार साँझ करिब ४ः५० बजे वडाध्यक्ष लिम्बुले योजना अधिकृत (अधिकृत स्तर–आठौँ) द्रोण बहादुर राईमाथि कार्यकक्षभित्र नै कुटपिट गरेको गाउँपालिका कार्यालयले जनाएको छ।
उक्त घटनाको गाउँपालिकाका कर्मचारीहरूले विरोध जनाउँदै आक्रमणकारी वडाध्यक्षलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेका छन् । कर्मचारीहरुले विज्ञप्ति जारी गरी राष्ट्रसेवक कर्मचारीमाथि कार्यस्थलमै भएको शारीरिक आक्रमण अक्षम्य भएको बताएको छ।
‘कार्यकक्षमै आफ्नो कर्तव्यपालन गरिरहेका कर्मचारीमाथि भएको हमला निन्दनीय छ। जनप्रतिनिधिले कर्मचारीको अभिभावक बन्नुपर्नेमा उल्टै हातपात गर्नु अस्वीकार्य छ,’विज्ञप्तिमा उल्लेख गरिएको छ।
Facebook Comments