अविश्वासको प्रस्ताव दर्ता भएपछि मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त
मेयरसाप डेस्क
|
एक घण्टा अगाडि
सभामुख रामचन्द्र मण्डल
जनकपुरधाम । मधेस प्रदेशका ५ सांसद पदमुक्त भएका छन् । सभामुख रामचन्द्र मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि उनले पाँच सांसदलाई पदमुक्त गरेका हुन्। लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै सभामुख मण्डलले पाँचजना सांसदलाई कारबाही गरेका हुन् ।
यसरी पदमुक्त हुने सांसदहरुमा उर्मिलादेवी सिंह सर्लाही, मनिष कुमार सुमन सप्तरी, सन्जयकुमार यादव सर्लाही, सिंहासन कलबार सर्लाही, सारदा शंकर कलबार बारा रहेका छन् ।

Facebook Comments