नुवाकोटमा निःशुल्क मुटु परीक्षण, ४२७ बालबालिका लाभान्वित

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २८ गते ०६:४४
Image of https://mayorsap.com/storage/photos/shares/hrb-ktm-281000263731copy.jpg

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयमा आज बालबालिकाको निःशुल्क मुटु परीक्षण शिविर सम्पन्न भएको छ ।

पल्मोनरी हाइपरटेन्सन एशोसियन नेपालद्वारा आयोजित यस कार्यक्रममा विद्यालयका ४२७ जना बालबालिकाको मुटु परीक्षण गरिएको संस्थाका अध्यक्ष सम्झना खनाल गड्तौलाले जानकारी दिइन् ।

शिविरमा काठमाण्डु मेडिकल कलेज, वीरेन्द्र सैनिक अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सकहरूले मुटु परीक्षण र आवश्यक स्वास्थ्य परामर्श दिएका थिए ।

शिविरको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले गाउँपालिकाले बालबालिकालाई नियमित स्वास्थ्य परीक्षण गर्ने र अभिभावकहरूलाई स्वास्थ्य सचेतना फैलाउने प्रयास गरिरहेको बताए ।


Facebook Comments