वडाध्यक्ष यादवको ह*त्या आरोपमा प्रहरी जवान पक्राउ

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/pakrau_4.jpg

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् । भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक गणेश बमले बताए। 

उक्त घटनामा केही व्यक्ति घाइते समेत भएको प्रहरीको भनाइ छ । घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । मृतक यादवको शव परीक्षणका लागि अस्पतामा ल्याइएको छ । 

गोली प्रहार गर्ने यादव धनुषा प्रहरीमा कार्यरत रहेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक गणेश बमले घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिए ।


Facebook Comments