जेन–जीको भावनाअनुरूप काम गर्न गृहमन्त्री अर्यालको निर्देशन

निर्वाचन सहभागितामूलक बनाउने

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक ३० गते २२:४८
Image of https://mayorsap.com/storage/photos/shares/om-prakash-aryal-3.jpg

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावनाअनुरूप कार्य गर्न र उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी जिम्मेवारी निर्वाह गर्न आफू मातहतका निकायहरूलाई निर्देशन दिएका छन् ।

आइतबार गृह मन्त्रालयमा आयोजित नियमित एसएमटी बैठकमा मन्त्री अर्यालले सम्पूर्ण कर्मचारीहरूलाई ’एक्टिभिष्ट जसरी’ आ–आफ्नो जिम्मेवारी पूरा गर्न र सम्पूर्ण ध्यान निर्वाचनको तयारीमा केन्द्रित गर्न निर्देशन दिएका हुन् ।

मन्त्री अर्यालले वर्तमान सरकार निर्वाचनको सरकार भएकाले प्रविधिको प्रयोग गर्दै चुनावलाई अझ बढी सहभागितामूलक बनाई जनताको मताधिकार सुनिश्चित गर्न निर्देश गरे ।

उनले कर्मचारीहरूलाई जनसरोकारको विषयमा चासो राख्दै परिवर्तनको अनुभूति महसुस हुने गरी सेवा प्रवाहमा लाग्न आग्रह गरे ।

उनले जेनजी समन्वय समितिमार्फत पीडितका गुनासा बढी सुनेर सम्बोधन गर्न सकिएमात्र भ्रमपूर्ण भाष्य चिर्न सकिने बताए ।

उनले घाइतेहरूको राहत कार्यविधि छिट्टै टुङ्ग्याएर जेन–जी घाइतेहरूलाई फिल्डमै राहत कार्ड वितरण गर्नसमेत आदेश समेत दिए ।


Facebook Comments