एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत, सेना परिचालन गर्न सिफारिस गर्ने

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक ३० गते २२:४७
Image of https://mayorsap.com/storage/photos/shares/photos-1.jpg

काठमाडौं । फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरिएको छ । गृहमन्त्रीको अध्यक्षतामा आइतबार बसेको चारवटै सुरक्षा निकायसहितको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गर्ने निर्णय गरेको हो । 

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ को प्रस्ताव अनुसार नेपाली सेना परिचालनको विषयमा समेत निर्णय भएको छ । उनले नेपाली सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्मा सिफारिस गर्ने र त्यसका लागि रक्षा मन्त्रालयमा लेखेर पठाउने निर्णय भएको छ । 

उनले भने, ‘विभिन्न कार्ययोजनासहितको एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरेको छ र यो अनुसार क्रमशः कार्यान्वयनमा जान्छ । एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ ले नेपाली सेना परिचालन गर्ने विषयमा प्रस्ताव गरेको छ । सो अनुसार नेपाली सेना परिचालन गर्नका लागि राष्ट्रिय सुरक्षा परिषद् समक्ष सिफारिस गर्ने प्रयोजनको लागि रक्षा मन्त्रालयमा लेखी पठाउने भन्ने छ ।’ उनले मंसिर ९ गते लुम्बिनी प्रदेशबाट प्रदेश स्तरीय सुरक्षा गोष्ठी सञ्चालन गर्ने समेत बताए ।

‘निर्वाचनलाई लक्षित गरि प्रदेशस्तरीय सुरक्षा गोष्ठी सञ्चालन गर्ने भनेका छौ । पहिलो सुरुवात चै लुम्बिनी प्रदेशमा मंसिर ९ गते निर्वाचनलाई लक्षित गरेर सुरक्षा गोष्ठी गने जसमा जिल्लागत र प्रदेशगत भएका सुरक्षाका चुनौतिहरु उहाँहरुको निर्वाचनको तयारीको अवस्थामा व्यापक छलफल गर्छौं,’ उनले भने ।   

बैठकमा नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र नेपाली सेनाका रथी सहभागी थिए।


Facebook Comments