वडाध्यक्षलाई गोली हा*नी ह*त्या गर्ने सहायक हवलदार पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक ३० गते २२:५३
Image of https://mayorsap.com/storage/photos/shares/photo-1_1.jpg

काठमाडौं । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं.९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गर्ने अभियुक्त पक्राउ परेका छन् । वडाध्यक्ष यादवलाई गोली हान्ने सोही स्थानका ३५ वर्षीय शम्भु यादवलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको धनुषा प्रहरीले जानकारी दिएको छ । 

पक्राउ परेका यादव जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार हुन । प्रहरीले सोही घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका ३० वर्षीय धर्मनाथ यादव, २८ वर्षीय पप्पु यादव र २८ वर्षीय मनोज कुमार यादवलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

गत शुक्रबार अन्दुपट्टीका स्थानीय दुखी यादवको मृत्यु सँस्कारको भोज ढिलो सुरु भएको विषयमा विवाद उत्पन्न भएको थियो । सोही विवादका क्रममा शम्भु यादले वडाध्यक्ष विन्देश्वर यादवको छातीमा गोली प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ । घटनामा प्रयोग गरिएको कटुवा पेस्तोल र गोलीको खोकासमेत बरामद भएको प्रहरीले जनाएको छ ।


Facebook Comments