साउदी अरबमा बस दुर्घटना हुँदा ४२ जना भारतीय यात्रुहरूको मृ*त्यु

मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १ गते १५:३६
Image of https://mayorsap.com/storage/photos/shares/accident.PNG

काठमाडौं। साउदी अरबमा मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना हुँदा ४२ जना भारतीय यात्रुहरूको मृत्यु भएको छ ।

सोमबार हैदराबादका यात्रुहरूलाई मक्काबाट मदिना लैजाँदै गरेको बस डिजेल ट्याङ्करसँग ठोक्किएर दुर्घटनामा परेको हो। 

मृत्यु हुनेमा २० महिला र ११ बालबालिका रहेका छन् । मृत्यु हुने सबै भारतीय रहेको र उनीहरूमध्ये धेरैजसो यात्रु हैदराबादबाट तीर्थयात्रा जाँदै गरेको प्रारम्भिक रिपोर्टले जनाएको छ ।

यो दुर्घटना मदिनाबाट करिब १६० किलोमिटर टाढा मुहरास नजिकै भएको हो । 


Facebook Comments