मधेसमा एमालेको धर्ना, मुख्यमन्त्रीलाई काम गर्न दिनुपर्ने माग
मेयरसाप डेस्क
|
२०८२ मंसिर २ गते १४:०९
जनकपुरधाम। मधेसमा एमालेका नेता–कार्यकर्ताले आज धर्ना दिएका छन् । जनकपुरको जनकचोकमा उनीहरुले ‘संविधानको रक्षा गरौं’, ‘मुख्यमन्त्रीलाई काम गर्न देऊ’ लगायतको नारा लगाउँदै धर्ना सुरु गरेका हुन् ।
गत कात्तिक २४ गते संविधानको धारा १६८ को ३ बमोजिम शपथ लिएका मुख्यमन्त्री सरोज कुमार यादवले सात दलीय गठबन्धनको विरोधले काम गर्न पाएका छैनन् । मुख्यमन्त्री यादवलाई काम गर्न दिन भन्दै नेकपा एमालेले दबाब दिएको हो ।
यता सात दलीय गठबन्धनले सरकार गठन अवैधानिक रहेको भन्दै बदरको माग गर्दै मधेस भवन अगाडि नियमित धर्ना दिँदै आएका छन् ।
मधेस भवन अगाडि आज पनि सात दलीय गठबन्धनका प्रदेश सांसदहरु धर्ना बसिरहेका छन् ।
Facebook Comments