सुरु भयो विघटित प्रतिनिधिसभाको एमाले सम्बद्ध सदस्यको बैठक
संसद् पुन:स्थापनाका लागि सर्वोच्च जाने या नजाने भन्ने विषयमा निर्णय हुने
मेयरसाप डेस्क
|
२०८२ मंसिर २ गते ०५:४७
काठमाडौं । विघटित प्रतिनिधिसभाका नेकपा (एमाले) सम्बद्ध सदस्यहरूको बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बैठक सुरु भएको हो ।
पछिल्लो राजनीतिक घटना, संसद् पुन: स्थापनाकालगायतका विषयमा छलफल गर्न बैठक बसेको बताइएको छ ।
दलका प्रमुख सचेतक महेश बर्तौलाले संसद् पुन: स्थापनाका लागि आफूहरू सर्वोच्च अदालतमा जाने या नजाने भन्ने विषयमा बैठकले निर्णय गर्ने बताए । बैठकमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत नेताहरू पनि सहभागी छन् ।
Facebook Comments