रवि लामिछानेको थुनछेक बहस उच्च अदालत बुटवलमा

सहकारी ठगी प्रकरण

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ४ गते १४:०६
Image of https://mayorsap.com/storage/photos/shares/rabi-daju.jpeg

बुटवल । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा आज पेसी तोकिएको छ ।

गत हप्ता न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले मुद्दाको मूल मिसिल झिकाउन आदेश दिएको थियो । मिसिल आइसकेकाले आज पेसी चढेको उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुवरले जानकारी दिए ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा लामिछानेले बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो । जिल्ला अदालतको सोही आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

उच्च अदालतले लामिछाने र जोशीको मुद्दा एकैसाथ हेर्न यसअघि नै आदेश दिइसकेको छ । आजको बहसमा सहभागी हुने कानुन व्यवसायीहरू छलफलमा जुटेका छन् ।


Facebook Comments