महाधिवेशनबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
मेयरसाप डेस्क
|
२०८२ मंसिर ४ गते १४:०३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (बिहीबार) दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ ।
असोज २८ गतेदेखि सुरु भएको यो बैठक पटक–पटक स्थगित हुँदै महाधिवेशनको मिति तय गर्ने विषयमा निष्कर्षमा पुग्न सकेको छैन । यही विषयमा थप छलफलका लागि एक साता स्थगित भएको बैठक आज बस्न लागेको हो ।
कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए । सोही दिन सहमहामन्त्री महेन्द्र यादवले भने २०८३ वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
केन्द्रीय समितिमा यी दुवै प्रस्तावका पक्ष र विपक्षमा सुझाव दिने क्रम जारी रहेकाले आजको बैठकमा महाधिवेशनको मितिबारे निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।
Facebook Comments