लोकतन्त्रमा अराजकता कदापि स्वीकार्य छैन : प्रधानमन्त्री कार्की
अवाञ्छित उत्तेजनाबाट टाढा रहन आग्रह
मेयरसाप डेस्क
|
२०८२ मंसिर ४ गते १४:०६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा बुधवार भएको झडप र तनावलाई अत्यन्तै दुःखद भन्दै सबै पक्षलाई अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन हार्दिक अपिल गरेकी छिन् ।
सामाजिक सञ्जाल ’फेसबुक’ मार्फत सन्देश जारी गर्दै उनले लोकतान्त्रिक प्रक्रिया बाट मात्रै युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिनेमा जोड दिएकी छिन् ।
प्रधानमन्त्री कार्कीले यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य नहुने भन्दै आक्रोशलाई गम्भीरतापूर्वक लिएको बताएकी छिन् ।
उनले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने प्रतिबद्धता दोहोर्याउँदै सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट कसैलाई नभएको स्पष्ट पारेकी छिन् ।
उनले गृह प्रशासन र सुरक्षा निकायलाई उच्च संयम र पूर्ण तयारीका साथ शान्ति तथा सुव्यवस्था कायम गर्न, नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनको निष्पक्ष वातावरण बनाउन निर्देशन दिएकी छिन् ।
Facebook Comments