प्रतितोला ७ सयले बढ्यो सुनको मूल्य
मेयरसाप डेस्क
|
२०८२ मंसिर ४ गते २२:०९
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार, बुधबार प्रतितोला रु २ लाख ४२ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर रु २ लाख ४३ हजार कायम भएको छ । यससँगै सुनको भाउले नयाँ उचाइ लिएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि बिहीबार वृद्धि भएको छ । बुधबार प्रतितोला रु ३ हजार १५० कायम रहेको चाँदीको मूल्य आज बढेर रु ३ हजार १८५ मा कारोबार भइरहेको महासङ्घले जानकारी दिएको छ ।
Facebook Comments