सिमरामा आज पनि जेन–जी युवाको प्रदर्शन

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ४ गते १४:०४
Image of https://mayorsap.com/storage/photos/shares/karfiue-at-simara.jpg

काठमाडौं । बाराको सिमरामा नेकपा एमालेका नेता–कार्यकर्ता र जेन–जी युवाबीचको विवादले उत्पन्न भएको तनाव आज पनि जारी छ ।

बुधवार दिनभर तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय बाराले कफ्र्यू आदेश नै जारी गरेको थियो ।

बेलुकीपख स्थिति शान्त बने पनि आज बिहीबार बिहान १० बजेबाट जेन–जी युवाहरूले सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

उनीहरूले बुधवारको झडपमा आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्ताहरूलाई पक्राउ गर्नुपर्ने मुख्य माग राख्दै प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।


Facebook Comments