बालुवाटारमा प्रधानमन्त्री भेट्न पुगे विप्लवलगायत माओवादी नेताहरू

के भयाे कुराकानी ?

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ४ गते २१:५३
Image of https://mayorsap.com/storage/photos/shares/biplov-photo.JPG

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का शीर्ष नेताहरूबीच आज बालुवाटारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रधानमन्त्री कार्कीसँग भेट गर्दै समसामयिक राजनीतिक परिस्थितिबारे आफ्ना धारणा प्रस्तुत गरे।

भेटका क्रममा महासचिव विप्लवले सरकारलाई पूर्ण समर्थन रहने उल्लेख गर्दै भने, “विद्रोहको बलमा बनेको यो सरकारलाई हाम्रो पूरा साथ छ। अहिलेको अवस्थाबाट सुरक्षित निकासका लागि राजनीतिक समझदारीलाई अझ विस्तृत बनाउँदै लैजाऔँ। जेनजीले आन्दोलनमा राखेका मागहरू पूरा गरौँ।”


Facebook Comments