सरकार र बञ्चरेडाँडाका स्थानीयबीच ११ बुँदे सहमति

घर-टहराको मुआब्जा दिइने

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ५ गते ०२:४४
Image of https://mayorsap.com/storage/photos/shares/banchare-dada-1763643937.jpg

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन स्थल बञ्चरेडाँडाका स्थानीयवासी र सरकारबीच बिहीबार ११ बुँदे सहमति भएको छ । सिंहदरबारमा भएको छलफलपछि यो सहमति जुटेको हो ।

सहमतिअनुसार, स्थानीय जनतामाथि विगतमा चलाइएका मुद्दाहरू तत्काल फिर्ता गर्ने निर्णय गरिनेछ ।

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन छिटो तयार गर्न परामर्शदाता कम्पनीलाई लिखित प्रतिबद्धता लिई पत्राचार गरिनेछ ।

काठमाडौं महानगरले एक महिनाभित्र बञ्चरे क्षेत्रका अति प्रभावित स्थानीयलाई साबिकको सिसडोल प्रभावित क्षेत्रलाई आधार मानेर घर–टहरा तथा बालीको क्षतिपूर्ति हालको मूल्यमा प्रदान गर्ने निर्णय गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा प्रतिवेदन अनुसारको जग्गा अधिकरणका लागि आवश्यक बजेट विनियोजन गरिनेछ ।

यस सहमतिले बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने दिशामा महत्त्वपूर्ण कदम चालेको छ ।

यी हुन् ११ बुँदे सहमति


Facebook Comments