जेन-जीको नाममा अवरोध भए प्रतिकार गर्ने महेश बस्नेतको चेतावनी
मेयरसाप डेस्क
|
२०८२ मंसिर ५ गते १९:१२
काठमाडौं । नेकपा एमाले नेता महेश बस्नेतले जेन–जीको नाममा आफ्ना गतिविधिहरूमा जहाँ अवरोध हुन्छ, त्यहाँ सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
एमालेले आज (शुक्रवार) ‘यूथ भोलेन्टियर फोर्स’ घोषणा गर्नुअघि बबरमहलमा युवाहरूको प्रदर्शनको नेतृत्व गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
बस्नेतले खास जेन–जीहरूका माग एमालेले नै सम्बोधन गर्ने दाबी गर्दै, घाइते र शहीदहरूलाई न्याय दिन प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने बताए । जेन–जीको नाम र ब्यानर भजाएर अरू खालका तत्त्वहरू सक्रिय रहेको उनको आरोप छ ।
उनले राष्ट्रिय सम्पत्ति जलाउने वा तोडफोड गर्ने काम हुँदा अब ‘टुलुटुलु बसेर नहेर्ने’ बताउँदै पालिका, वडा र टोल–टोलमा सुरक्षा दिनका लागि ’यूथ भोलेन्टियर फोर्स’ बनाइने जानकारी दिए ।
Facebook Comments