निर्वाचन सफल पार्न सबै पक्षलाई राष्ट्रपति पौडेलको आह्वान
देश र जनताका लागि अपरिहार्य
मेयरसाप डेस्क
|
२०८२ मंसिर ५ गते १६:५६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन् ।
शुक्रवार पद्मकन्या बहुमुखी क्याम्पसको हीरक जयन्ती समारोहमा बोल्दै उनले देश विषम परिस्थितिलाई गुज्रिरहेको र संविधान, लोकतन्त्र तथा मुलुकलाई जोगाउनका लागि नै निर्वाचनको मिति घोषणा गरिएको बताए ।
राष्ट्रपति पौडेलले यस निर्वाचनको परिणामले मुलुकको सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिने विश्वास व्यक्त गरे ।
‘यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीलाई अपिल पनि गर्दछु,’ उनले भने ।
राष्ट्रपतिले सोही कार्यक्रममा पद्मकन्या क्याम्पसलाई महिला विश्वविद्यालय बनाउने प्रयासप्रति खुसी व्यक्त गर्दै व्यवहारिक र सीपमूलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।
Facebook Comments