एमालेद्वारा नेसनल भोलेन्टियर फोर्स गठन, पुष्पराज श्रेष्ठ कमाण्डर

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ५ गते १९:११
Image of https://mayorsap.com/storage/photos/shares/untitled-designpdf-1.png

काठमाडौं । नेकपा एमालेले आफ्नो युवा परिचालनलाई व्यवस्थित र सशक्त बनाउने उद्देश्यका साथ आज नेसनल भोलेन्टियर फोर्सको ११ सदस्यीय केन्द्रीय कमान्ड औपचारिक रूपमा घोषणा गरेको छ ।

काठमाडौंको माइतीघरमा आयोजित एक कार्यक्रममा एमाले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले यो कमान्ड सार्वजनिक गरेका हुन् । फोर्सको कमान्डको जिम्मेवारी पुष्पराज श्रेष्ठलाई दिइएको छ भने, कमान्डमा दुई जना सहकमान्डर रहने व्यवस्था गरिएको छ ।

घोषित केन्द्रीय कमान्डका सदस्यहरूमा केशव रोका, लव अधिकारी यादव, जयराम लामा, विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल र विनिता काफ्ले लगायतका युवा नेता तथा कार्यकर्ताहरू रहेका छन् ।

यो फोर्सले पार्टीका घोषित कार्यक्रम, जनप्रदर्शन र राष्ट्रिय सम्पत्तिको सुरक्षाका लागि युवा दस्ता परिचालन गर्ने लक्ष्य लिएको छ ।


Facebook Comments