ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छ : मन्त्री घिसिङ

आवश्यक परे सेना परिचालन गर्ने

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ५ गते १९:१३
Image of https://mayorsap.com/storage/photos/shares/sudipraut-siraaha-5img-6344copy.jpg

जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन घोषित मितिमै हुने बताएका छन् ।

आज जनकपुरधाममा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले सरकार निर्वाचनको तयारीमा पूर्ण रूपमा प्रतिबद्ध भएर लागेकोले चुनाव हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरे । 

मन्त्री घिसिङले निर्वाचनको वातावरण बन्दै गएको र जनता उत्साहित रहेको आफूले पाएको उल्लेख गरे ।

उनले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गराउन आवश्यक परे सेना परिचालन गर्न सकिने बताउँदै सामान्य विवादले चुनाव हुँदैन कि भनेर नसोच्न सबैलाई अपिल गरे ।

मन्त्री घिसिङ श्रीसीताराम विवाहपञ्चमी महोत्सवको तयारी र जानकी मन्दिरमा दर्शनका लागि जनकपुरधाम पुगेका थिए ।


Facebook Comments