यूथ भोलेन्टियर फोर्ससँग कोही तर्सिनु पर्दैन : ओली
रक्षाका लागि काम गर्ने दाबी
मेयरसाप डेस्क
|
२०८२ मंसिर ५ गते १९:१२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीद्वारा घोषित युवा दस्ता ‘यूथ भोलेन्टियर फोर्स’ देशमा शान्ति, सुव्यवस्था कायम गर्न बनेको जिकिर गरेका छन् ।
शुक्रवार काठमाडौंमा फोर्सको कमान्ड घोषणापछि सम्बोधन गर्दै ओलीले भने, “यो कसैको विरुद्धमा बनेको होइन । हिंसा, आतंकका विरुद्धमा बनेको हो ।”
ओलीले यो फोर्स राष्ट्रिय हितका लागि गठन भएको र नेकपा एमालेसँग असहमति राख्नेहरूको समेत जिउधनको रक्षाका लागि काम गर्ने दाबी गरे। ।
उनले राज्य संयन्त्रले मात्रै शान्ति सुव्यवस्था कायम गर्न नसक्ने अवस्था आएकाले, औद्योगिक प्रतिष्ठानको रक्षा गर्न तथा राष्ट्रिय हितका लागि स्वयंसेवक फोर्स घोषणा गरिएको बताए ।
ओलीले यसको गठनसँग कोही पनि आत्तिनु वा तर्सिनुपर्ने जरुरी नरहेको भन्दै आफ्ना स्वयंसेवकहरू अनुशासित भएर काम गर्ने स्पष्ट पारे ।
Facebook Comments